• शुक्रबार ४-१५-२०८३/Friday 07-31-2026
  • 02:57:53

स्ववियु चुनावको मिति घोषणा नगरे विद्यार्थीले आन्दोलन गर्ने

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको भातृ विद्यार्थी संगठनले त्रिभुवन विश्वविद्यालयले स्ववियु निर्वाचनको मिति घोषणा नगरे आन्दोलन गर्ने बताएको छ।

प्रतिनिधिसभामा सांसदसमेत रहेकी अनेरास्ववियु अध्यक्ष नविना लामा र अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले सोमबार विज्ञप्ति जारी गर्दै फागुन १४ गते स्ववियु निर्वाचन हुनुपर्ने बताएका हुन्।

स्ववियु निर्वाचनको कार्यतालिका फागुन २ गतेसम्म प्रकाशित नभएमा विश्वविद्यालयका पदाधिकारीले पदमा बसिराख्ने औचित्य समाप्त हुने भन्दै उनीहरूले संघर्ष गर्ने चेतावनी दिएका छन्।

प्रतिकृया दिनुहोस