• शुक्रबार ४-१५-२०८३/Friday 07-31-2026
  • 02:57:51

विद्यालयमा स्वास्थ्य शिविर

चितवन । सौराहा सामुदायिक स्वास्थ्यकेन्द्रको सहयोगमा चितवनको भन्डार पढरिया  विद्यालयमा स्वास्थ्य शिविर सम्पन्न भएको छ । 

केशव पाण्डेको प्रमुख अतिथिमा सम्पन्न भएको स्वास्थ्य शिविरमा १५० जना बालबालिकाको स्वास्थ्य परीक्षण गरिएको थियो । जसमध्ये ४० जनामा कानको समस्या, ३० जनामा नाकको समस्या र करिब ८० जनामा छालाको समस्या देखिएको चितवन मोडेल अस्पतालका चिकित्सक डा. सन्तोष भुसालले जानकारी दिए ।

लोकप्रिय गायक मिलन लामा विशिष्ट अतिथि र अतिथिमा चितवन मोडेल अस्पतालका केदार सुबेदी उपस्थिती रहेको कार्यक्रममा स्वास्थ्य शिविरको कार्यक्रम दीपेन्द्र खरेलले संचालन गरेका थिए । 

शिविरमा सौराहा स्वास्थ्य केन्द्रका स्वास्थ्य सहायक हरुले स्वास्थ्य सम्बन्धी जनचेतना दिएका थिए । उक्त शिविरमा बिरामीहरुलाई औषधि बितरण गरेको डा. भुसालले बताए ।

प्रतिकृया दिनुहोस