पूर्व युवराज पारसलाई हृदयाघात
काठमाडाैँ । पूर्व युवराज पारस शाहलाई हृदयाघात भएपछि सोमवार नर्भिक अस्पतालमा भर्ना गरिएको छ ।
शाहको हाल आइसीयुमा उपचार भइरहेको नर्भिक अस्पतालका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रबहादुर सिंहले बीबीसी नेपाली सेवालाई बताए ।
सिंहले भने, "दिउँसो ४ बजे उहाँलाई हृदयाघात भएपछि अस्पताल ल्याइएको हो । डाक्टरको रिपोर्ट आएको छैन ।"
अस्पतालका अनुसार शाहलाई सवा ४ बजेतिर अस्पतालको आकस्मिक कक्षमा ल्याइएको थियो ।
उनको अवस्थाका बारेमा भने चिकित्सकको रिपोर्टपछि मात्रै भन्न सकिने सिंहले बताए ।
अस्पतालमा शाहका तीन बहिनीहरू उपस्थित भइसकेका छन् भने पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्व रानी कोमल शाह हाल काठमान्डू बाहिर छन् ।
उनलाई यसअघि सन् २००७ र सन् २०१३ मा पनि हृदयाघात भइसकेको छ । बीबीसी नेपालीबाट






प्रतिकृया दिनुहोस