एन्जेलिना जोली रोहिंग्या शरणार्थीलाई भेट्न बंगलादेशमा, शरणार्थीसँगकाे त्याे भावुक भेट...
ढाका : हलिउडस्टार एन्जेलिना जोली यतिबेला रोहिंग्या मुस्लिम अल्पसंख्यक समुदायको साथमा बंगलादेशमा छिन् । पछिल्लो साता कक्स बजारमा रोहिंग्याहरुसँग उनको दोस्रो भेट निकै भावुक थियो ।
जोलीले मंगलबार उनीहरुलाई भेटेपछि म्यानमारले रोहिंग्या समुदायमा भएको हिंसा अन्त्य गर्न ‘गम्भीर प्रतिवद्धता’ गर्नुपर्ने बताएकी छन् । संयुक्त राष्ट्रसंघ अन्तरगत शरणार्थी संस्थाको सद्भावना दूत समेत रहेकी हलिउडस्टार एन्जेललिनाले रोहिंग्याहरुसँग दोस्रो दिनको भेटपछि यस्तो प्रतिक्रिया दिएकी हुन् ।
सन् २०१७ अगस्टदेखि बंगलादेशको कक्स बजारस्थित ७ लाख ४० हजारको संख्यामा रोहिंग्या शरणार्थी रहँदैआएका छन् । सुरुमा शरणार्थी क्याम्पमा उनीहरु ३ लाखको संख्यामा थिए ।

कक्स बजारका एक लाख रोहिंग्या शरणार्थीका लागि एक करोड डलर संकलन गर्ने यूएनको कार्यक्रम अन्तरगत एन्जेलिना यहाँ आएकी हुन् । ‘शोषणमा परेका र राज्यबिहिन नै भएका परिवारहरुसँग भेट्दा गहिरो दुख लाग्यो,’ जोलीले पत्रकारहरुसँग भनिन्, ‘मैले भेटेका रोहिंग्या परिवार पनि अन्य शरणार्थी भन्दा भिन्न छैनन, जो आफ्नो घर फर्कने सामार्थ चाहन्छन् ।’
यस क्रममा जोलीले शरणार्थीलाई घर फर्काउनुपर्नेमा जोड दिएकी थिइन् । उनले भनिन्, ‘मैले हिजो एक महिलालाई भेटेँ, जो म्यानमारमा बलात्कारको पीडा भोगेर बाँचिरहेकी छन् । उनले मलाई आफू पहिलेकै ठाउँ फर्काउन सक्ने भन्दै थिइन् ।’

जोलीले रोहिंग्या समुदायलाई अधिकार दिनुपर्ने पनि बताएकी थिइन् । राखिने राज्यमा म्यानमारका सेनाले रोहिंग्या समुदायमाथि गरेको दमनमाथि टिप्पणी गर्दै जोलीले त्यसप्रति असन्तुष्टि जनाएकी थिइन् । उनले म्यानमारका अधिकारीलाई आफ्नो जिम्मेवारी र प्रतिवद्धता देखाउन पनि आग्रह गरेकी थिइन् । हिंसाको लामो शृंखला अन्त्य गर्न पनि उनको आह्वान छ ।
जोलीले यसअघि सन् २०१५ र ०१६ मा विस्थापित भएका राखिने राज्यका रोहिंग्या र भारतका रोहिंग्या समुदायलाई पनि भेटेकी थिइन् । जोलीले बुधबार बंगलादेशका प्रधानमन्त्री शेख हसिना, परराष्ट्रमन्त्री एकै अब्दुल मोमेन र अन्य बरिष्ठ अधिकारीलाई ढाकामा भेट गरी आफ्नो भ्रमण समापन गर्ने संयुक्तराष्ट्रसंघको विज्ञप्तिमा उल्लेख छ ।
उनको भेटवार्ता यूएन शरणार्थी संस्थाले रोहिंग्या शरणार्थी समस्यामा बंगलादेशको प्रयासमा कसरी सहायता गर्नसक्छ भन्ने बारे छलफल गर्ने पनि विज्ञप्तिमा बताइएको छ ।




.jpeg)


प्रतिकृया दिनुहोस