सम्यक मिडिया प्रा.लि. का अध्यक्ष को निधन

 सम्यक मिडिया प्रा.लि. का अध्यक्ष को निधन

 सम्यक मिडिया प्रा.लि. का अध्यक्ष को निधन

भैरहवा साउन २२

सम्यक मिडिया प्रा.लि. का अध्यक्ष निधान चन्द्र श्रेष्ठ को उपचारका क्रम मा निधन भएको छ । निमोनिया बाट पिडित श्रेष्ठको मंगलबार भैरहवा स्थित युनिभर्सल मेडिकल कलेज मा निधन भएको हो । उहा गत चैत को पहिलो साता देखि निमोनिया को लगातार उपचार मा रहनु भएको थियो । काठमाडौ को ग्रान्डी अस्पताल मा उपचार पछी केही सुधार भए पछि उहा लाई भैरहवा स्थित निवास मा ल्याइएको थियो । पुन स्वास्थ्यमा समस्या आए पछि उहालाई उपचार का लागी मेडिकल कलेज मा भर्ना गरिएको थियो । उहा को मगलबार दिउसो निधन भएको हो । स्वर्गीय श्रेष्ठका एक श्रीमती,एक छोरा,र तीन छोरी छन । बाहिर रहेका छोरा आए पछि मात्र श्रेष्ठको बिहिबार अन्तिम दाह संस्कार हुने परिवारजनले बताएका छन । श्रेष्ठ हाल भैरहवा मा केन्द्रीय कार्यालय रहेको पुर्णिमा बिकास बैक का अध्यक्ष , लुम्बिनी स्थित बौद्ध विश्व विधालय का सभासद , रोटरी क्लब अफ भैरहवा का मानार्थ सदस्य हुनु हुन्थ्यो । उहा ले सिद्धार्थ यातायात व्यवसायी समिति , पश्चिम नेपाल बस व्यवसायी समिति, सिद्धार्थ उधोग वाणिज्य सघ लगायत का विभिन्न संघ, संस्थाको नेतृत्वदायी भुमिका मा रहेर सामाजिक क्षेत्र मा काम गर्दे आउनु भएको थियो ।