मुल्य अभिबृद्धिकर लगाएको भन्दै ट्याक्टर आयातमा कमी व्यवसायी भन्दा कृषक बढी मारमा पर्ने

मुल्य अभिबृद्धिकर लगाएको भन्दै ट्याक्टर आयातमा कमी व्यवसायी भन्दा कृषक बढी मारमा पर्ने

 
भैरहवा
 
भारत बाट कृषि प्रयोजनका लागी नेपाल भित्रिने ट्याक्टर यो आर्थिक वर्ष सुरु भए पछि भैरहवा नाका बाट भित्रिन सकेका छैनन । विगतका वर्षहरुमा कृषि प्रयोजन का लागी  शुन्य भन्सार मा आयात हुने ट्याक्टर मा सरकारले आर्थिक वर्ष ०७४।०७५ बाट भारत बाट नेपाल भित्रिने ट्याक्टर मा १३ प्रतिशत भ्याट लागु गरे पछि सयौ ट्याक्टर अहिले भैरहवा भन्सार मै थन्किएका हुन । 
साउन १ गते देखि १८ सय सिसि भन्दा कम क्षमता भएका ट्क्याटरहरुमा भन्सार छुट हुने  र १८ सय सिसि भन्दा बढी  क्षमता  भएकोमा मुल्य अभिवृद्धी कर लाग्ने आर्थिक ऐनले तोकेको हुनाले भन्सार कार्यालयले १३ प्रतिशत मुल्य अभिबृद्धिकर लिन सुरुगरेको भैरहवा भन्सार कार्यालयका  अधिकृत गोपाल प्रसाद भट्राई ले जानकारी दिनुभयो । उहाले ऐनले तोकेको कुरालाई व्यापारीले  नमानेर  ट्याक्टर भन्सार नगरेको बताउनु भयो । 
उता व्यावसायीहरु भने आर्थिक ऐन २०४७ ले कर भ्याट छुटको महलमा सबै ट्याक्टरलाई राखेको तर अहिले सरकार ले  १८ सय सिसि भन्दा माथिका ट्याक्टरलाई भ्याट लिने निर्णय गरेकाले व्यवसायिले भ्याट छुटको माग गरि ट्याक्टर नभित्राएको  बताएका छन् । 
अहिले मिनि ट्याक्टर भन्दा माथिका टया्क्टरमा भ्याट लिने निर्णय गरेर व्यावसायीहरुलाई मर्कामा पार्न खोजिएको र यसबाट व्यावसायी भन्दा कृषक नै मारमा पर्ने भएकाले व्यावसायीले ट्याक्टर नेपाल नभित्राएको अम्बु मर्केटिङ भैरहवाका निर्देशक परशुराम पराजुलीले बताउनु भयो ।  उहाँले भन्सारको यो निर्णयले गर्दा सयौको सख्यामा ट्याक्ट्र भन्सार मै रहेको र व्यवसायिहरुले भ्याट छुट नहुदा सम्म ट्याक्टर नेपाल ल्याउन नसक्ने बताउनु भयो । 
यो आर्थिक वर्ष भन्दा अगाडी मासिक ३ सय देखि ३ सय ५० वटा सम्म टयाक्टर यस भन्सार कार्यालय बाट आयात हुन्थ्यो भने अहिले सरकारले १३ प्रतिशत कर लिन सुरु गरे पछि अहिले डेढ महिना को अवधीमा एउटा टयाक्टर पनि व्यापारीहरुले आयात नगरेको  भैरहवा भन्सार कार्यालयले जनाएको छ । हाल नेपाल मा कृषि प्रयोजन का लागी भित्रिने ट्याक्टर ९ लाख देखी २२ लाख सम्म मुल्य का रहेका छन । भने अब सरकार ले लगाएको १३ प्रतिशत कर लिन सुरु गरे पछि यो मुल्य बढेर १२ लाख देखि २५ लाख सम्म पुग्ने व्यवसायीहरुले बताउछन  । अहिले नेपालमा महिन्द्रा  , सोनालिका , न्यू होल्यान्ड, स्वराज लगाएतका ट्याक्टरहरुको बढी बिक्रि हुने गर्दछ ।