महिन्द्राको नयाँ ट्याक्टर बजारमा

महिन्द्राको नयाँ ट्याक्टर बजारमा

सरिना मरासिनी
भैरहवा
महिन्द्रा एण्ड महिन्द्रा कम्पनीले नयाँ मोडलको ट्याक्टर बजारमा ल्याएको छ । भारतमा उत्पादन हुने यो कम्पनीको नँया मोडलको ५० हर्ष पावरको ट्याक्टर नेपालको पश्चिमाञ्चलकालागी आधीकारीक बिक्रेता अम्वु मार्केटिङ द्धारा बिहीबार भैरहवामा सार्वजनीक गरीएको हो । यसअघी १५ देखी ६० हर्षपावरको ट्याक्टर उत्पादन गर्दै आएको यो कम्पनीले ५० हर्षपावरको नयाँ ट्याक्टर पनि ल्याएको हो । 
खासगरी यो ट्याक्टर मध्यमबर्गाीय किसानको लागी बढी उपयोगी रहेको छ । पहाड र तराई दुवैमा चल्ने यो ट्याक्टरको मुख्य बिशेषसता कम डिजलमा बढी काम गर्नु रहेको अम्बुमार्केटिङ्का प्रमुख  पर्शुराम पराजुलीले बताउनु भयोे । 
१५ लाख मुल्य रहेको यो ट्याक्टरमा जोताई, रोडाभेटर, स्टरीयर, धान, गहुँ काट्ने मेसिन राख्न मिल्ने र हाईड्रोलीक रहेको छ । यो ट्याक्टरको अत्याधीक क्षमता र कम डिजल खपत गर्ने बिषेसता रहेको अम्वु मार्केटिनका प्रमुख पर्शुराम पराजुलीले जानकारी दिनुभयो । कम्पनीले बिहीबार बिक्रेता भेटघाटको आयोजना गरी नयाँ मोडलको ट्याक्टर सार्वजनीक गरेको हो । पश्चिमाञ्चलको आधीकारीक बिक्रेता अम्वु मार्केटिङ अन्तरगत बिभीन्न जिल्लामा १० बटा डिलर रहेका छन् । गतबर्ष ४ सय ट्याक्टर बिक्र्री गरेको अम्वु मार्केटिङले यो बर्ष ४ सय ५० बटा ट्याक्टर बिक्र्री गर्ने लक्ष्य लिएको छ । पछिल्लो समय ट्याक्टर आयातमा सरकारले भ्याट लगाएपछि भने आयातमा कमी आएको छ । आयातमा भ्याट लगाउदाँ कृषकहरुलाई क्रर्यमुल्य बढ्ने उहाँले बताउनु भयो ।