रोटरी क्लब अफ भैरहवाद्वारा गौतमबुद्ध मुटु अस्पताललाई गाडी र बाढी पीडितलाई नगद सहयोग

रोटरी क्लब अफ भैरहवाद्वारा गौतमबुद्ध मुटु अस्पताललाई गाडी र बाढी पीडितलाई नगद सहयोग

​रोटरी क्लब अफ भैरहवाद्वारा गौतमबुद्ध मुटु अस्पताललाई गाडी र बाढी पीडितलाई नगद सहयोग
 
 भदौ १० । भैरहवामा सक्रिय सामाजिक संस्था रोटरी क्लब अफ भैरहवाले बुटवल स्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पताललाई आज एक कार्यक्रमका बीच गाडी हस्तातरण गरेको छ। भने बाढि पीडितको सहयोगार्थ नगद हस्तातरण हस्तातरण गरेको छ। कार्यक्रममा क्लबका अध्यक्ष राजकुमार गुप्ताले गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका अध्यक्ष तथा क्लबका जेएसआर एजाज आलमलाई गाडी तथा बाढी पिडितको सहयोग स्वरुप १ लाख १ हजारको चेक हस्तातरण गरेका थिए। कार्यक्रममा बोल्दै क्लबका मानार्थ सदस्य निदानचन्द्र श्रेष्ठले अस्पताललाई सहयोग गर्नु माहादान र माहापुण्यको काम भएको र क्लबले छोटो समयमा ठूलो काम गर्न सफल भएकोले आगामी दिनहरुमा यस्ता सामाजिक कार्यलाई प्राथमिकता दिनुपर्ने बताए । गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका अध्यक्ष एजाज आलमले संसारमा सबै भन्दा ठुलो मानव सेवा हो र यस क्लबले स्थापनाको छोटो समयमा राम्रो काम गरेको र आउने दिनहरुमा आउने नेतृत्वले यो अझ बढी राम्रो काम गर्छ भन्ने विस्वस्त भएको बताए। आलमले  गाडी अस्पताललाई राति ८ बजे पछी डाइलेसिस गर्न आएका बिरामीलाई घर पुर्याउन सहयोग हुने जनाएका थिए। अस्पताल स्थापनाको लागि बुटवलमा प्रति ब्यक्ति २५००० को दरले टिकट बेची १ करोड १० लाख संकलन गरी संस्कृतिक कार्यक्रम गरेर स्थापना भएको र बुटवल बासीले धेरै आसा गरेकोले यस अस्पताल गरिबको लागी बनेको हो र यहाँ कुनै ब्यक्ति पनि पैसाको कारणले गर्दा मृत्यु हुन नपरोस भन्ने हेतुले अस्पताल खोलेको जिकिर गरे ।  कार्यक्रममा बोल्दै बिशिष्ट अतिथी समेत रहेका नेपाल अम्बुजा सिमेन्टका डाइरेक्टर हेमन्त अग्रवालले धन्यवाद् दिँदै मन्छेमा इमान्दारिता हुनुपर्छ र इमान्दारिता भयो भने जहा पनि सफल हुने बताएका थिए। कार्यक्रममा बोल्ने क्रममा कार्यक्रमका प्रमुख अतिथी जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक श्याम ज्ञवालीले राम्रो काम गर्नु पर्छ र कसैले पनी कानुन हातमा लिनु नहुने र बुद्धभुमी लाई बुद्धभुमी जस्तो गराउन आग्रह गरेका थिए। कार्यक्रममा पवन पौडेलको सञ्चालन र कार्यक्रमका संयोजक रवि रौनियारको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो ।