दिल्ली काठमाडौ चल्ने बस मा निर्वाध रुपमा सामान तस्करी, भन्सार का कर्मचारी नै तस्करी मा सम्लग्न

दिल्ली काठमाडौ चल्ने बस मा निर्वाध  रुपमा सामान तस्करी, भन्सार का कर्मचारी नै तस्करी मा सम्लग्न

दिल्ली काठमाडौ चल्ने बस मा निर्वाध  रुपमा सामान तस्करी,
भन्सार का कर्मचारी नै तस्करी मा सम्लग्न 
शारदा मल्ल
भैरहवा साउन २५
मुलुक को राजश्व संकलनमा भैरहवा भन्सार कार्यालय प्रमुख रुपमा पछिल्लो समय निकै अगाडी छ । राजश्व संकलन मा जति योगदान छ भैरहवा भन्सार को त्यो भन्दा बढी राजश्व चुहावट र तस्करी बाट धेरै बदनाम पनि छ भैरहवा भन्सार । पछिल्लो समय भैरहवा भन्सार कार्यालय मा तस्करी निकै मौलाएको छ । तस्करहरुले कार्यालय का कर्मचारी लाई सेटिङ्ग गरेर नया नया तवरले तस्करी गरिरहेको रहस्य खुलेको छ । यात्रुहरुको सुविधा का लागी नेपाल भारत सरकार को पहल मा काठमाडौ देखि भारतको नया दिल्ली र पोखरा देखि भारतको नया दिल्ली चल्ने यात्रु बाहक बसमा भन्सार कै कर्मचारी को मिलेमतो मा तस्करी हुने गरेको रहस्य खुलेको छ । काठमाडौ देखि नया दिल्ली र पोखरा देखि नया दिल्ली चल्ने बसमा भन्सार का कर्मचारीले भारत को सुनौली नाका मा रहेको भारतीय भन्सार मा आफुहरु भैरहवा भन्सार का कर्मचारी भएको बताउदै कपडा लगायतका अन्य वस्तु निर्वाध रुपमा तस्करी गरिरहेका छन । तस्करी मा संलग्न छन भैरहवा भन्सार कार्यालयका सवारी चालक गणेश लाल महर्जन र अर्का सवारी चालक राजेन्द्र राना मगर यि दुई सवारी चालक विगत १ वर्ष देखि भैरहवा भन्सार कार्यालयमा कार्यरत रहेको भैरहवा भन्सार कार्यालयले जनाएको छ । महर्जन र राना मगर ले भन्सार कार्यालयको कर्मचारी भएको भन्दै खुल्लम खुल्ला तस्करी गरिरहदा समेत भन्सार कार्यालय मौन बस्नुले यसमा भन्सारका अन्य कर्मचारी को संलग्नता रहेको पुष्टि हुन्छ । महर्जन र राना ले गत सोमबार दिल्ली बाट छुटेर मंगलबार बिहान ६ बजे भारतको सुनौली भन्सार आईपुगे को बस मा गई  आफुहरु भैरहवा भन्सार को कर्मचारी भएको  भन्दै बस मा रहेको सामान हाम्रो मान्छेको हो चेक जांच नर्गनु भन्दै आफनो परिचय पत्र भारतीय भन्सारका कर्मचारी लाई देखाउदै सामान चेक जाँच नै नगरी नेपाल भित्राएका थिए ।  उनीहरुले भैरहवा भन्सार मा आफै बसेर ति सामान चेक जाँच नै गर्न नदिई निर्वाध रुपमा तस्करी गरिरहेका छन । यात्रुको सहजता का लागी काठमाडौ दिल्ली , सिधा बस सेवा का नाम मा यसरी  निर्वाध रुपमा तस्करी भइरहे पनि सम्बन्धीत निकाय भने मौन बसिरहेका छन । पोके तस्करी भैरहवा भन्सार का लागी सामान्य नै भएको छ । यात्रु बाहक बस बाट तस्करी भन्सार कर्मचारी का लागी सामान्य हुदै गएको छ । यस विषय मा भैरहवा भन्सार का भन्सार प्रमुख भुपालमान शाक्य भन्छन सवारी चालक को काम बिहान १० देखी साझ ५ बजे सम्म सवारी साधन चलाउने हो भन्सार गेट मा बसी सामान चेक जाँच गर्ने होइन यदि उनी हरु तस्करी मा सम्लग्न भएमा आफु ले नसिहत दिने बताउछन ।