वैदेशिक रोजगारी का नाम मा नयाँ नयाँ रुट प्रयोग गर्दे मानव बेचबिखन का दलाल सक्रिय ,भारतीय पासपोर्

वैदेशिक रोजगारी का नाम मा नयाँ नयाँ रुट प्रयोग गर्दे मानव बेचबिखन का दलाल सक्रिय ,भारतीय पासपोर्

वैदेशिक रोजगारी का नाम मा नयाँ नयाँ रुट प्रयोग गर्दे मानव बेचबिखन का दलाल सक्रिय ,भारतीय पासपोर्ट सहित नेपाली युवतीहरु पक्राउ
शारदा मल्ल
भैरहवा साउन
बैदेशिक रोजगारीका  नाममा मानव बेचविखनमा सक्रिय दलालहरुले मानव तस्करीका नयाँ नयाँ योजना प्रयोग गर्दै नेपाली चेलीहरु लाई बैदेशिक रोजगरीको बहानामा खाडी तथा अफ्रिकी मुलुकहरुमा तस्करी गर्ने रहस्य खुल्दै आएको छ । 
दलालहरुले नेपाल भारत सिमा  नाका बेलहिया हुदै भारतको दिल्ली , मुम्बई , र अन्य शहरबाट महिला तस्करी गर्ने गरेका छन् । केही दिन अघि बेलहिया बाट ४ जना युवती पक्राउ परेपछि यो  रहस्य खुलेको हो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरिक्षक बेल बहादुर पाण्डेका अनुसार धरानमा बसी कक्षा १२ मा अध्ययन गरिरहेका १९ वर्षीय दुई  युवती पासपोर्ट बनाउन भारत जानेक्रममा बेलहिया बाट पक्राउ परेका छन् । त्यस्तै भारतको इलाहाबादबाट पासपोर्ट बनाई  हंङकंङ जान हिडेकी कास्की लुम्ले ५ की नाम परिवर्तन सिता प्रधान उन को जिल्ला प्रशासन कार्यालय  कास्की बाट निकाले को नागरिकता नम्बर ४६३००१÷१७१० हो भने भारत को उत्तर प्रदेश ,ईलाहाबाद बाट निकाले को पासपोर्ट नम्बर उ ७४९८९५७ रहेको छ भने त्यस्तै अर्की टंकी मनाङ्ग ५ की नाम परिवर्तन छोटेन गुरुङ्ग रहेकी छिन उन को जिल्ला प्रशासन कार्यालय मनाङ्ग बाट निकालेको नागरिकता नम्बर४७१००४÷३९ रहको छ भने भारत  उत्तर प्रदेश को ईलाहाबाद बाट निकालेको पासपोर्ट नम्बर उ७५०१४९६ रहेको छ ।  भारतीय पासपोर्ट प्रयोग गरि हङकङ हिडेका दुई युवती लाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीले दुई देश को नागरिक हुन नपाउने भन्दै नेपाली नागरिकता त्याग गरि आउन भन्दै फिर्ता पठाएको बताएको  छ  ।  प्रहरी नायब उपरिक्षक पाण्डेले धरानका २ युवतीले अभिभावकसग केही नभनेर पासपोर्ट बनाउन भारत तर्फ हिड्नुले पनि दलालले मानव तस्करीका रुपमा लान लागेको बताउछन् र्।   हंङकंङ जान इलाहावादमा ४ –४ लाखमा भारतीय पासपोर्ट बनाई हिडेको पाण्डे बताउछन् । बेलहिया बाट हुने मानव तस्करी विरुद्ध सिमा क्षेत्रमा कडा निगरानी गरिएको बताउदै पाण्डेले केही लाई पक्राउ गरी  कारवाही अघि बढाइएको दावी गरे । 
सरकारी निकायको फितलो अनुगमनको फाइदा उठाउदै दलालहरुले महिलालाई रोजगारीको नाममा नक्कली कागजात तयार पारेर विदेशी भुमि मा बेचिरहेकाले मानव तस्करी डरलाग्दो रुपमा मौलाइरहेको छ । सरकारले केही समय यता खाडी मुलुक , अफ्रिका, मलेशिया लगायतका विदेशी मुलुकमा महिलाहरुलाई घरेलु कामदारको रुपमा पठाउन रोकेको छ । घरेलु कामदारको रुपमा विदेश  पुगेका महिलाहरु माथी शारिरिक तथा मानसिक यातना र यौन जन्य हिंसाको क्रम बढेपछि सरकारले महिला कामदार पठाउन रोक लगाए पनि दलालहरुले महिलाहरुलाई विभिन्न नाकाको प्रयोग गर्दै भारत हुदै विदेशमा तस्करी गरिरहेका छन् । परराष्ट्रमन्त्रालयबाट ठुलो सख्यामा एम आर पि जारी हुनु तर श्रम स्वीकृत लिएर जानेको संख्या भने निकै नगण्य हुनुले महिलाको तस्करी डरलाग्दो रुपमा भइरहेको छ । यता जिल्ला प्रहरी कार्यालय रुपन्देही को तथ्याङ्क हेर्ने हो भने भारत हुदै बैदेशिक रोजगारी का लागी तेस्रो मुलुक जाने को संख्या ह्वात्तै बढेको छ आर्थिक वर्ष ०७३।०७४ मा बेलहिया सिमा नाका बाट ४ सय ८७ जना लाई उद्धार गरी आफन्त को जिम्मा लगाई को थियो । भने आर्थिक वर्ष ०७२।०७३ मा १ सय १३ जना लाई सिमा नाका बाट आफन्त को जिम्मा लगाई पठाई को थियो । 
महिला तस्कारी को नयाँ रुट 
भारतको दिल्ली हुदै खाडी र अफ्रिकी मुलुक  जान कठिन हुन थाले पछि मानव तस्करीमा सक्रिय समुहले पछिल्लो समयमा श्रीलंका लाई नयाँ रुट बनाएका छन् । मानव तस्करीमा सक्रिय समुहले नेपाली महिलालार्य बेलहिया  नाका हुदै दिल्ली पुर्याएर प्रतिबन्धित मुलुकमा पठाउने क्रम बढेयता नेपाल भारत विच नो अब्जेक्सन लेटर अनिवार्य गरेपछि उनीहरुले नया  रुटका क्रममा श्रीलकांलाई प्रयोग गरेका हुन् ।  दुई वर्ष अगडि भएको नेपाल भारत गृह मन्त्रालयका अधिकारी वीच स्थलमार्ग प्रयोग गरी दिल्ली विमानस्थलबाट हवाई  मार्ग हुदै ९ मुलुक  जाने नेपालीका लागी दिल्लीमा रहेको नेपाली दुतावासको नो अब्जेक्सन पत्र अनिवार्य गर्न सहमती  भएको थियो । सहमतीमा भारतीय प्रशासनले दिल्ली हुदै साउदी अरेयिबा , बहराइन , कतार , इराक, कुबेत , ओमान , लेवनान , लिविया  र युएई जान चाहने नेपालीलाई  नेपाली दुतावासको पत्र अनिवार्य गरेपछि , मानव तस्करीमा संलग्न समुहले रुट बदलेर स्थलमार्गबाट दिल्ली पुर्याएर त्यहाबाट श्रीलकां हुदै  खाडी मुलुक र अफ्रिकी मुलुक पठाउने गरेका छन् । दिल्ली हुदै श्रीलकां जान नो अब्जेक्सन पत्र अवश्यक पर्दैन । सोही रुट प्रयोग गर्दै श्रीलकां हुर्दै दुवई हिडेका ४ नेपाली युवती केही समय अघि दिल्ली विमानस्थलमा पक्राउ परेपछि यो रहस्य खुलेको हो ।