सिद्धार्थनगरमा कसले बाजी मार्ला ? सबै पार्टीका आ आफनै दाबि

सिद्धार्थपोष्ट संवाददाता
भैरहवा असारतिन दिन 
पछि दोस्रो चरण अन्तर्गत स्थानिय तहको निर्वाचन हुदै छ । निर्वाचनमा सहभागि राजनितिक दल र स्वतन्त्र उम्मेदवार चुनावी प्रचार प्रसारमा रात दिन खटिएका छन् । १२ गते सोमबारबाट मौन अवधी भएका कारण चुनावी प्रचार प्रसार गर्न निर्वाचन आयोगले रोक लगाए पनि उम्मेदवारहरु निर्वाचन हुने दिन १४ गते बिहान सम्म व्यक्तिगत भेटघाट र छलफललाई भने जारि राख्ने भएका छन् । १३ वटा वडा रहेको सिद्धार्थनगर नगरपालिकामा यस पटकको  निर्वाचनमा को विजय हुने हो भन्नेमा सबै ढुक्क छैनन् । सिद्धार्थनगरमा नेपाली कांग्रेसको राम्रो प्रभाव रहेको छ । २०४९ साल मा भएको पहिलो स्थानिय निर्वाचनमा नगरप्रमुखमा नेपाली कांग्रेसका डा. बलराम गौतम विजय हुनु भएको थियो । ०५४ सालमा भएको स्थानिय निर्वाचनमा भने एमाले र राप्रपा बिचको गठबन्धन बाट राप्रपाका सागर प्रताप राणा नगरप्रमुखमा र उपप्रमुखमा एमालेका हरि प्रसाद अधिकारी विजय भएका थिए । यस पटको निर्वाचनमा ठूला राजनितीक दलहरु भने एक्ला एक्लै चुनावी मैदानमा छन् । अर्का तर्फ नगरमा मधेशी समुदायको पनि राम्रो प्रभाव भएका कारण नै चुनावी नतीजा कसको पक्षमा जान्छ भन्नेमा  अन्यौलनै छ सिद्धार्थ नगरमा नेपाली कांग्रेस नेकपा एमाले राष्ट्रिय प्रजातन्त्र पार्टी र माओवादी केन्द्र बिच नै प्रतिस्प्रर्धा हुने भएको छ । नेपाली कांग्रेसले मेयरमा मातृका प्रसाद यादव उपमेयरमा माधवी शर्मा वाग्ले लाई उम्मेदवार बनाएको छ । यस अघिका निर्वाचनमा घात अन्तरघात झेल्दै आएको कांग्रेस यस पटक एक ढिक्का भएर चुनावमा होमिएको भन्दै काग्रेस नै विजय हुने दावि गरेको छ । ०५४ सालको निर्वाचनमा राप्रपासंग गठबन्धन गरेर उपमेयर सहित केही वडामा विजयी भएको थियो । यस पटक एमालेले मेयरमा ०५४ सालमा उपमेयरमा विजयी भएका हरी प्रसाद अधिकारीलाई मेयरमा र उमा काफ्लेलाई उपमेयरमा उतारेर एक्लै मैदानमा छ । सिद्धार्थगरमा राप्रपा पार्टी पनि एक्लै मैदानमा छ सिद्धार्थनगरमा अन्य क्षेत्रमा भन्दा राम्रो प्रभाव रहेको राप्रपाले पूर्व मेयर सागर प्रताप राणालाई मेयरमा र उपमेयरमा रमिता थापा मगरलाई उठाएको छ । माओवादी केन्द्रले मुश्लिम समुदायबाट फैज अहमद खांनलाई मेयर र कमला थापालाई उपमेयरमा उठाएको छ । नगरमा मधेश केन्द्रीत दल र मधेशी मुलका केही नेताले समेत स्वतन्त्र रुपमा उम्मेदवारी दिएका छन् । राजपा चुनावमा सहभागि नभए पनि संघिय समाजवादी फोरम नेपाल , फोरम लोकतान्त्रीक चुनावी मैदानमा छन् । करिव ३३ हजार मतदाता रहेको सिद्धार्थनगरपालीकामा यस पटक कसले वाजी मार्ला भन्न नसकिने अवस्थामा छ । यसपटकको निर्वाचनमा करिव ७ हजार मत पाउने उम्मेदवार विजय हुने विश्लेषक बताउछन् । नेपाली काग्रेस नेकपा एमाले राप्रपा र माओवादी केन्द्रले आफैले जित्ने दावि गरिरहे पनि राजनिती  विश्लेषक भने मतदाताले यस पटक राजनितीक दलहरु भन्दा पनि व्यक्ति हेरेर मत दिने भएकाले कस्ले जित्छ भन्न नसकिने बताउछन् ।
 
४८ घण्टा सिमा बन्द हुने
 
असार १४ गते हुने स्थानिय तह निर्वाचनलाई मध्यनजर गर्दाै रुपन्देही नवलपरासी र कपिलवस्तु संग सिमा जोडीएका नाका ४८ घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीका अनुसार असार १२ गते बिहान ६ बजे देखि असार १४ गते निर्वाचन सम्पन्न नहुदासम्म सिमा नाका पूर्ण रुपमा बन्द हुनेछ् । सिमा नाका बन्दका अवधिमा सवारी साधन र पैदल हिडडुल गर्न पूर्ण रुपमा बन्देज गरिने छ । खुल्ला सिमानाका कारण हुन सक्ने अपराधिक क्रियाकलापलाई निस्तेज पार्न नाका बन्द गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । निर्वाचनका लागी रुपन्देहीको सम्पुर्ण सुरक्षा ब्यवस्था मिलाइएको जिल्ला सुरक्षा समितिका प्रमुख ,प्रमुख जिल्ला अधिकारी बिनोद प्रकाश सिंहले बताउनुभयो ।सिद्धार्थनगरमा कसले बाजी मार्ला ? सबै पार्टीका आ आफनै दाबि
सिद्धार्थपोष्ट संवाददाता
भैरहवा असारतिन दिन 
पछि दोस्रो चरण अन्तर्गत स्थानिय तहको निर्वाचन हुदै छ । निर्वाचनमा सहभागि राजनितिक दल र स्वतन्त्र उम्मेदवार चुनावी प्रचार प्रसारमा रात दिन खटिएका छन् । १२ गते सोमबारबाट मौन अवधी भएका कारण चुनावी प्रचार प्रसार गर्न निर्वाचन आयोगले रोक लगाए पनि उम्मेदवारहरु निर्वाचन हुने दिन १४ गते बिहान सम्म व्यक्तिगत भेटघाट र छलफललाई भने जारि राख्ने भएका छन् । १३ वटा वडा रहेको सिद्धार्थनगर नगरपालिकामा यस पटकको  निर्वाचनमा को विजय हुने हो भन्नेमा सबै ढुक्क छैनन् । सिद्धार्थनगरमा नेपाली कांग्रेसको राम्रो प्रभाव रहेको छ । २०४९ साल मा भएको पहिलो स्थानिय निर्वाचनमा नगरप्रमुखमा नेपाली कांग्रेसका डा. बलराम गौतम विजय हुनु भएको थियो । ०५४ सालमा भएको स्थानिय निर्वाचनमा भने एमाले र राप्रपा बिचको गठबन्धन बाट राप्रपाका सागर प्रताप राणा नगरप्रमुखमा र उपप्रमुखमा एमालेका हरि प्रसाद अधिकारी विजय भएका थिए । यस पटको निर्वाचनमा ठूला राजनितीक दलहरु भने एक्ला एक्लै चुनावी मैदानमा छन् । अर्का तर्फ नगरमा मधेशी समुदायको पनि राम्रो प्रभाव भएका कारण नै चुनावी नतीजा कसको पक्षमा जान्छ भन्नेमा  अन्यौलनै छ सिद्धार्थ नगरमा नेपाली कांग्रेस नेकपा एमाले राष्ट्रिय प्रजातन्त्र पार्टी र माओवादी केन्द्र बिच नै प्रतिस्प्रर्धा हुने भएको छ । नेपाली कांग्रेसले मेयरमा मातृका प्रसाद यादव उपमेयरमा माधवी शर्मा वाग्ले लाई उम्मेदवार बनाएको छ । यस अघिका निर्वाचनमा घात अन्तरघात झेल्दै आएको कांग्रेस यस पटक एक ढिक्का भएर चुनावमा होमिएको भन्दै काग्रेस नै विजय हुने दावि गरेको छ । ०५४ सालको निर्वाचनमा राप्रपासंग गठबन्धन गरेर उपमेयर सहित केही वडामा विजयी भएको थियो । यस पटक एमालेले मेयरमा ०५४ सालमा उपमेयरमा विजयी भएका हरी प्रसाद अधिकारीलाई मेयरमा र उमा काफ्लेलाई उपमेयरमा उतारेर एक्लै मैदानमा छ । सिद्धार्थगरमा राप्रपा पार्टी पनि एक्लै मैदानमा छ सिद्धार्थनगरमा अन्य क्षेत्रमा भन्दा राम्रो प्रभाव रहेको राप्रपाले पूर्व मेयर सागर प्रताप राणालाई मेयरमा र उपमेयरमा रमिता थापा मगरलाई उठाएको छ । माओवादी केन्द्रले मुश्लिम समुदायबाट फैज अहमद खांनलाई मेयर र कमला थापालाई उपमेयरमा उठाएको छ । नगरमा मधेश केन्द्रीत दल र मधेशी मुलका केही नेताले समेत स्वतन्त्र रुपमा उम्मेदवारी दिएका छन् । राजपा चुनावमा सहभागि नभए पनि संघिय समाजवादी फोरम नेपाल , फोरम लोकतान्त्रीक चुनावी मैदानमा छन् । करिव ३३ हजार मतदाता रहेको सिद्धार्थनगरपालीकामा यस पटक कसले वाजी मार्ला भन्न नसकिने अवस्थामा छ । यसपटकको निर्वाचनमा करिव ७ हजार मत पाउने उम्मेदवार विजय हुने विश्लेषक बताउछन् । नेपाली काग्रेस नेकपा एमाले राप्रपा र माओवादी केन्द्रले आफैले जित्ने दावि गरिरहे पनि राजनिती  विश्लेषक भने मतदाताले यस पटक राजनितीक दलहरु भन्दा पनि व्यक्ति हेरेर मत दिने भएकाले कस्ले जित्छ भन्न नसकिने बताउछन् ।
 
४८ घण्टा सिमा बन्द हुने
 
असार १४ गते हुने स्थानिय तह निर्वाचनलाई मध्यनजर गर्दाै रुपन्देही नवलपरासी र कपिलवस्तु संग सिमा जोडीएका नाका ४८ घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीका अनुसार असार १२ गते बिहान ६ बजे देखि असार १४ गते निर्वाचन सम्पन्न नहुदासम्म सिमा नाका पूर्ण रुपमा बन्द हुनेछ् । सिमा नाका बन्दका अवधिमा सवारी साधन र पैदल हिडडुल गर्न पूर्ण रुपमा बन्देज गरिने छ । खुल्ला सिमानाका कारण हुन सक्ने अपराधिक क्रियाकलापलाई निस्तेज पार्न नाका बन्द गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । निर्वाचनका लागी रुपन्देहीको सम्पुर्ण सुरक्षा ब्यवस्था मिलाइएको जिल्ला सुरक्षा समितिका प्रमुख ,प्रमुख जिल्ला अधिकारी बिनोद प्रकाश सिंहले बताउनुभयो ।