जनताको लागी सेवागर्न र जनतासंग भिज्नको लागी म राजनितिमा आएको हो । रौनियार

जनताको लागी सेवागर्न र जनतासंग भिज्नको लागी म राजनितिमा आएको हो । रौनियार

जनताको लागी सेवागर्न र जनतासंग भिज्नको लागी म राजनितिमा आएको हो । रौनियार
रबि कुमार रौनियार
प्रवक्ता
राप्रपा जिल्ला कार्य समिति रुपन्देही
 
राजनिति भनेको दुई पाटाबाट हेर्ने विषय हो । राजनिति भनेकै एक सेवामुलक विषय हो ।  आजको  युवा पुस्ता भनेको शिक्षित पुस्ता हो ।   र शिक्षित पुस्ता मल्टिडायभेजनल सोच भएको व्यक्ति हो ।  उनीहरुको आयआर्जन गर्ने सोच अलग  हुन्छ ।  जुन शिक्षबाट प्राप्त हुन्छ ।   अर्काे सेवामुलक सेवा गर्ने ।   सेवा दिनका लागी विभिन्न कार्य गनुपर्ने हुन्छ । त्यसमध्येको एक विषय हो  राजनिति ।  जनताका लागी सेवागर्न , जनतासग भिज्नको लागी म राजनितिमा आएको हो । राजनिति लाई केही व्यक्तिले व्यवसायिकरण गर्नुभएको छ र  कारागार भित्र पनि पसेका छन् तर  हाम्रो पार्टी त्यस्तो अवस्थाबाट गुज्रिसकेको छैन  ।  
संसदिय कानुनद्धारा सशोधन गरी  मिति  सार्न सकिने  व्यवस्था छ । यद्यपि चुनाव  नहुने शका गर्नुहुदैन ।  चुनाव हुन्छ  मतदान गर्नु पाउने  अधिकार जनताको  हो ।  त्यो कुनै राजनितिक दल , कुनै पार्टीले खोस्न पाउदैन ।  पहिलो चरणको निर्वाचन मा हामीले भोट प्रतिशतका  हिसाब हेर्दा  राम्रो प्रतिशत  पाएका छौ ।  तर संख्या कम पाएका छौ । त्यसमा हामीलाई कुनै प्रकारको निराशा छैन ।  वडा अध्यक्ष नजित्ने ठाउमा अध्यक्ष जितेको छ ,  जुन ठाउमा उपप्रमुख नजित्ने ठाउमा उपप्रमुख जितेको छ ।  त्यो हाम्रो लागी गर्वको कुरा हो तर अब हामी सबै ठाउमा जित्छौ भन्ने सोच राख्नु पनि गलत हो  । हाम्रो अहिले प्रर्दशन राम्रो छ ,तर अति उत्साहजनक पहिलो चरणको भएन । त्यसको लागी अब आउने दिनमा हामी अझ मेहनत गर्छाै । मेहनतका साथ अगाडी बढ्छौ ।  दोस्रो चरणको निर्वाचनको कुरा गर्ने हो भने यसलाई अझ प्रभावकारी बनाएका छौ ।  पहिलोे चरणको निर्वाचनलाई मध्यनजर गर्दै  दोस्रो चरणको ्िनर्वाचानलाई अझ प्रभावकारी बनाएका छौ ।अवश्यनै त्यसमा हामी केही सुधार पाउनेछौ । अहिले हाम्रो घरदैलो विहान र साझ निरन्तर चलिरहेको छ ।  १३ वटा वडामा वडा अध्यक्षका  उम्मेदवारले आफ्नो तरिकाले घरदैलो गरिरहेका छन् ।  नगर प्रमुखका  उम्मेदवार सागर प्रताप राणा को समुह र हाम्रो समुह  सगसगै घरदैलो गरिरहेको उत्साहजनक रहेको छ । विकास कै एजेण्डा लिएर निर्वाचनमा आएका छौ । हामी निर्वाचित भएको पाँच वर्षको कार्यकालमा  आफ्नो सिद्धार्थनगरलाई  सुन्दर  , सफा र सुविधा सम्पन्न नगरपालिका बनाउछौ । हामीले  कुनै झुठा बाचा गरेका छैनौ । हामीले १० हजार मेगावाट विद्युत् उपलब्ध  गराइदिने , ऋण माफ गर्ने , डबल वृद्धा भत्ता दिने ,  ग्यासको पाइप पुर्याइदिने जस्तो यस्तो जनतालाई  भ्रमित गर्ने खालको झुठो मुद्धा राखेका छैनौ । हामीले घोेषणापत्रमा स्पष्ट के लेखेका छौ ३ देखि ४ वर्ष भित्र सिद्धार्थनगरको सम्पुर्ण बाटोलाई हिलोमुक्त बनाइदिने , हरियाली वातावरण बनाउने ,  नगरवासीको सुरक्षाका लागी वडावडामा  नगरप्रहरीको स्थापना गर्ने ,  जिवन विमा र स्वास्थ्य विमाको व्यवस्था , २ रुपिया पनि प्रतिदिन नपर्ने  हिसाबले प्रिमियम तिरेर २ लाखको विमाको व्यवस्था ,  रोजगारको ग्यारेन्टी, भोजनको व्यवस्था गरेका छौ । यो भोजनाको व्यवस्थाले राजनितिक दल विभिन्न समस्या परेको छ ।  राजनितिक दलको , पत्रकार साथीको पिडा छ मैले बुझिरहेको छु।   नगरप्रमुखले गर्ने कार्य नै बुझ्नु भएन । नगरप्रमुखले  के नाला बनाउने , रोड बनाउने , हरियाली गर्ने ,  कर्जा माफ गर्ने ,  मात्रै हो त । यो नगरप्रमुखको काम हैन । नगरवासीको समस्यालाई बुझ्ने काम नगरप्रमुखको काम हो । के यो नगरपलिकामा  यदि कोही भोको सुतुन् के यो नगरप्रमुखले देख्न सक्छ त । यदि हामीले रु. २५ मा एक छाक खानाको व्यवस्था गरेका छौ त्यो उहाहरुले खिल्ली उडाएको हो  । उहाहरुले सब कुरा बुझ्नु भएको छ। यो हामीले किन ल्याउन सकेनौ भन्ने पिडालाइै प्रस्फुटन गरेको हो । हामी निर्वाचित भएको ६ महिना भित्रै उहाहरुलाई पनि लिएर भोजन खुवाउने छौ । हामील्े कसैसग समन्वय नगरीकनै यो सेवा दिन सक्छौ । हामीले स्वच्छता अभियान नगर सरसफाइ  समितिको स्थापना गर्छौ । त्यसका लागी नगरपलिकाको केही कर्मचारी तथा स्थानिय व्यक्तिको सहभागीतामा नगर सरसफाईको स्थापना गरिन्छ । स्वच्छता गर्नका लागी विभिन्न अभियान , सचेतनामुलक  कार्यक्रम गछौ । विभिन्न प्रकारका कानुन बनाउछौ । किनभने यो लुम्बिनी गटवे लुम्बिनी हो । यो सुन्दर हुनुपर्छ  ।  अब नगरपालिकाको सन्दर्भमा त्यहा हाम्रो सिमाना पुग्दैन ।  यद्यपि उद्योग मन्त्रालयसग समन्वय गरेर  त्यस्ता उद्योगहरु जसबाट प्रदुषणको मात्र घटाउन अग्रह गछौ । धेरै जसो कारखानाका एन्टिपल्युसन इक्यिुपमेन्ट लगाए को अवस्था छ त्यसले शतप्रतिशत कन्टो«ल गर्न नसकेपनि केही हदसम्म कन्ट्रोल गरेको छ ।  आजको मितिसम्म कुनै पार्टी संग तालमेल गरिएको  छैन । राजनिति भनेको हुनसक्ने सम्भावना छ । तर टाउकाको मुल्य तोक्ने पनि चुनावमा  आएका छन् ।। हाम्रो पार्टी विजय भयो भने पहिलो काम घोषणपत्रमा छ । सर्वप्रथम हाम्रो बोडको बैठक बस्ने वित्तिकै  हरेक वडाबाट बुद्धिजिवी  बोलाइनेछ । उनीहरुको उपस्थितमा  कार्ययोजनाका लागी नगरका विभिन्न वडाका समस्याहरु  जुन तुरुन्त  ती समस्याका अभिलेख  बनाइनेछ । र ति अभिलेखका आधारमा कार्ययोजना तुरुन्त कार्यान्वयनमा ल्याइनेछ । सिद्धार्थनगरपलिका का जनतालाई म यही भन्न चाहन्छु १९ वर्ष पछि आएको यो निर्वाचनमा अवश्य घरबाट निस्कनुस् , आफ्नो मतलाई खेर जान नदिनुस् । राम्रो व्यक्तिलाई  बढीभन्दा बढी मतदान गर्नुस् । तपाइको मतले एउटा कुशल व्यक्ति विजय पनि हुनसक्छ । तपाइले मत नदिएर एउटा कुशल व्यक्ति पराजय पनि हुन सक्छ । त्यसैले आफनो द्धारबाट निस्कएर मतदान अवश्य गर्नु होला ।  
प्रस्तुती ः अरुण ज्ञवाली