वडा लाई नमुना र संम्बृद्ध बनाउछौ

वडा लाई नमुना र संम्बृद्ध बनाउछौ

वडा लाई नमुना र संम्बृद्ध बनाउछौ
राजेश राज ढकाल
वडा अध्यक्ष उम्मेदवार सिद्धार्थनगर नगरपालिका ३ राप्रपा
शारदा मल्ल
१९ वर्ष पछि स्थानिय निकाय को निर्वाचन हुदै छ । असार १४ गते हुने निर्वाचन मा मतदान गर्न मतदाता आतुर छन । म सिद्धार्थ नगरको वडा नम्बर तीन बाट वडा अध्यक्ष को उम्मेदवार भएर वडा बासीको सेवा गर्न फेरी दोस्रो पटक अग्रसर भएर आएको छु । २०२३ साल देखी भैरहवा मा स्थानिय बासीन्दा का रुपमा बसोबास गर्दे आईरहेको छु विगत २५ वर्ष देखी नगरबासीको सेवा मा निरन्तर लागी रहेको छु । जनता को माया ले नै २०५४ साल मा भएको स्थानिय निकाय निर्वाचन मा ३ नम्बर वडा बाट विजय भएर जनता को सेवा गर्ने अवसर दिनु भयो । १९ वर्ष पछि फेरी हुन लागेको स्थानिय निकाय निर्वाचन मा दोस्रो पटक फेरी वडा बासी को सेवागर्न आएको छु । आसा छ यस पटक पनि मलाई विश्वास को मत दिई विजय गराउनु हुनेछ । वडा को विकास का लागी एक घर एक रोजगार तथा भोजन को अधिकार को स्थापना गर्न प्रत्येक वडा मा २५ रुपैया मा भोजन गर्न अन्नपुर्ण भोजनालय को व्यवस्था गरिने छ । स्वास्थ्य नै धन भन्ने आत्मसात गर्न प्रत्येक वडा मा वडा क्लिनिक को स्थापना गर्ने प्रतिबद्धता व्यक्त गर्दछु । उज्यालो सिद्धार्थनगर को परिकल्पना अनुरुप वडा का सबै भित्रि बाटो हरुमा सोलार बत्ती जडान गर्ने छौ । वडा मा रहेका मठ, मन्दिर, मस्जिद, गुम्बा , बिहार , घाट, कब्रिस्तान  को मर्मत संभार , सरक्षण बिस्तार र सुविधा सम्पन्न बनाउन आर्थिक अनुदान को व्यवस्था गर्ने छौ । समग्र वडा को विकास निर्माण लाई अगाडी बढाउदै ५ वर्षमा नगर को ३ नम्बर वडा लाई नमुना र समृद्ध वडा बनाउने छौ । वडामा धेरै समस्या छन ति समस्या समाधान गर्न म दिन रात खटने छु । ४३ बुदे प्रतिबद्धता सहित वडा को विकास निर्माण मा लाग्ने छु । फेरी पनि वडा र वडाबासी को सेवा गर्ने अवसर अवश्य दिनु हुनेछ भन्ने मा म पुर्ण विश्वस्त छु ।