नागरिक सुनुवाई सम्पन्न, राजनितिक दवाब मा काम नगर्न प्रहरीलाई सर्वसाधारण को अनुरोध

नागरिक सुनुवाई सम्पन्न, राजनितिक दवाब मा काम नगर्न प्रहरीलाई सर्वसाधारण को अनुरोध

नागरिक सुनुवाई सम्पन्न, राजनितिक दवाब मा काम नगर्न प्रहरीलाई सर्वसाधारण को अनुरोध
भैरहवा असार १
जिल्ला प्रहरी कार्यालय रुपन्देही को आयोजना मा  नागरिक सुनुवाई फर्साटिकर मा सम्पन्न भएको छ । 
नागरिक सुनुवाइ मा सहभागीहरुले समाजमा नया प्रवृतीका घटना घटीरहेको प्रति चिन्ता व्यक्त गर्दे नियम कानुन लाई प्रभावकारी र अपराधीलाई कडा सजायको दायरा मा ल्याउन आग्रह गरे का छन । कार्यक्रम मा सहभागीहरुले अपराध लाई लुकाउने र अपराधीलाई संरक्षण गर्न राजनितिक दलहरु नै सक्रिय हुनु मुलुक र समाज कै लागी दुर्भाग्य भएको उल्लेख गर्दे प्रहरी प्रशासन ले राजनितिक दवाव लाइ त्यागेर स्वच्छ रुपमा कार्य गर्न अनुरोध गरेका छन । उनीहरुले प्रहरीको सेवा हुने खानेहरुका लागी मात्र भएको गुनासो गर्दे प्रहरी को सेवा सबै वर्गका लागीहुनु पर्ने मा जोड दिए । सहभागीहरुले प्रहरीले शसक्त रुपमा अझै कार्य गर्न नसकेको गुनासो गर्दे प्रहरीले सामाजिक संघ , संस्था र स्थानिय संग मिलेर सहकार्य गरेमा सफल हुने समेत दावि गरे । सो अवसर मा रुपन्देही प्रहरी का प्रवक्ता एवम प्रहरी नायब उपरिक्षक बेल बहादुर पाण्डेले जनता का गुनासा सुन्न नै नागरिक सुनुवाइ गरिएको बताउदै नागरिक  बाट आएका गुनासो र सुझाव लाई कार्यन्वयन मा लैजाने प्रतिबद्धता व्यक्त गर्नु भयो । उहाँले समाजमा घटने सबै प्रकारका घटना प्रति नागरिक समाज सचेत हुनु पर्ने उल्लेख गर्दे प्रहरी जनता को सेवा गर्न २४ सै घण्टा प्रतिबद्ध रहेको बताउनु भयो ।