महिलाहरुले बुटवल १२ मा भेला गर्दै भने —‘कांग्रेसलाइ जिताउंछौं ’

महिलाहरुले बुटवल १२ मा भेला गर्दै भने —‘कांग्रेसलाइ जिताउंछौं ’

महिलाहरुले बुटवल १२ मा भेला गर्दै भने —‘कांग्रेसलाइ जिताउंछौं ’
बुटवल,जेठ २९
नेपाल महिला संघ बुटवल १२ ले परिचयात्मक कार्यक्रम गरेको छ । स्थानीय तहको निर्बाचनको मिति नजिकिदै गर्दा तयारी स्वरुप बुटवल १२ तामनगरमा भेला गर्दै स्थानीय चुनावमा नेपाली कांग्रेसलाई जिताउने प्रतिबद्धता जनाएका छन् । महिला संघ वडा अध्यक्ष गिता बेल्बासेको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका मेयरका उम्मेदबार खेलराज पाण्डेयले बुटवलको दीर्घकालिन बिकासका लागि कांग्रेसलाइ जिताउनुपर्ने बताए । उनले बुटवलको बिकास र कांग्रेस एक अर्काका परिपुरक भएको समेत बताए ।
कार्यक्रममा महाधिबेशन प्रतिनिधि उदयराज काफ्ले,
शिक्षकसंघका रमेश पाण्डे,सल्लाहकार पुष्पा आचार्य,वडा अध्यक्ष रत्नबहादुर थापा,महिला संघ जिल्ला सदस्य रमा खड्का ,वडाअध्यक्षका उम्मेदबार मधु राइ,तरुणदलका केन्द्रिय सदस्य चिरञ्जिबी जोशी,डिल्लीप्रसाद शर्मा आचार्य,धर्म आचार्य,बिन्दु शर्मा लगायतले बोलेका थिए ।