खेलकुदको बिकासमा काँग्रेस उम्मेदवारको जोड

खेलकुदको बिकासमा काँग्रेस उम्मेदवारको जोड

खेलकुदको बिकासमा काँग्रेस उम्मेदवारको जोड
भैरहवा, २८ जेठ
नेपाली काँग्रेस सिद्धार्थनगर नगरपालीकाका नगर प्रमुख पदका उम्मेदवार मातृका प्रसाद यादवले आफु खेल प्रेमी भएको भन्दै खेलकुदको बिकासमा बिषेश ध्यान दिने बताएका छन् । 
घरदैलो अन्तरगत आईतवार सिनपा ३ मा पुगेका यादवले उक्त बार्डमा रहेको सिद्धार्थ रगशालालई स्तरउन्नती गरी अन्तराष्ट्रिय रगंशाला बनाउनमा बिषेश ध्यान दिने बताए । खेलकुदले स्वच्छ र स्वास्थ्य समाज निर्माणको साथै देशलाई अन्तराष्ट्रिय स्तरमा चिनाउन ठुलो सहयोग पुग्ने भन्दै उनले आफु बिजयी भए निर्माणकै क्रममा रहेको रगंशालालाई यथा सिघ्र सम्पन्न गर्न नगरदेखी केन्द्रसम्म पहल गर्ने बताए । भैरहवामा अन्तराष्ट्रिय क्रिकेट मैदान निर्माण भई प्रतियोगीताहरु सुरु भएमा खेल पर्यटनको पनि बिकास हुने र भैरहवामा आर्थीक गतिबिधी थप बढ्ने भएकाले आफुले यसमा विषेश रुपमा लागी पर्ने बताए । 
त्यस्तै उनले दरखसवा देखी मेडीकल कलेज जाने बाटो पिच नहुदा बिरामी तथा सर्वसाधारणले सास्ती भोग्नु परेको भन्दै उनले उक्त सडक पिच गर्ने योजनालाई काँग्रेसले प्राथमीकतामा राखेको बताए । घरदैलो को क्रममा उप प्रमुखकी उम्मेदवार माधवी शर्मा वाग्ले, बडा नं ३ का बडा अध्यक्षका उम्मेदवार चन्द्रवली यादव, सदस्यका उम्मेदवारहरु रुपा पुन, साधना धवल, मोहमद सलीम पठान, शिवप्रसाद केवट आफुहरु समुन्नत र समृद्ध नगर बनाउने योजनाका साथ चुनावमा आएको भन्दै जनचाहना अनुसार काम गर्ने प्रतिबद्धता जनाए । बडा नं ३ का दरखसवा, आखाँ अस्पताल, खजहना, खजुरीया लगायतका क्षेत्रमा घरदैलो गरीएको नगरसचिव सजिव शर्मा रेग्मीले जानकारी दिए । 
उनका अनुसार बडा अध्यक्ष तथा सदस्यका उम्मेदवारहरुले पनि आ आफ्नो बडामा प्रचार प्रसार र घरदैलो कार्यक्रम तिव्र पारेका छन् । 
बडा अध्यक्ष तथा सदस्यका उम्मेदवारहरु पनि मतदालाई मतहाल्न सिकाउने र बडा स्तरीय प्रतिबद्धता मतदातासम्म पुर्याउनमा केन्द्रीत छन् । नेपाली काँग्रेसको तर्फबाट बडा नं १ को बडा अध्यक्षमा रमेश मल्ल, बडा नं २ मा जगजिवन पाठक, ३ मा चन्द्रवली यादव, ४ मा नरेन्द्र रौनीयार, ५ मा पुरन प्रसाद श्रेष्ठ, ६ मा विरेन्द्र श्रीवास्तव, ७ मा भिमसेन कर्मचार्य, ८ मा राजनजगं राणाँ, ९ मा श्याम खनाल, १० मा बिजय नाथ धवल, ११ मा राजेश्वर यादव, १२ मा करुजगं श्रेष्ठ र बडा नं १३ मा सोमबहादुर गुरुङ्ग (सेते) उम्मेदवार रहेका छन् ।